Badikedar Khabar

गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन सेवामा समस्या

अत्तरिया

jnhit

गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको एक महिना पुग्नै लागेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबराज जोशीले बढुवा भएर कार्तिक २ गते नगरपालिकाबाट बिदा लिएका थिए । अहिले नगरपालिका कार्यकारी प्रमुख बिहिन बन्दा नगरपालिकाको दैनिक सेवा देखी अन्य कामकाज पनि प्रभाबित बनेको छ । आर्थिक बर्षको पिक आवरमा नगरपालिका कार्यकारी बिहिन हुँदा आर्थीक सबै सेवा ठप्प बनेको छ । नगरपालिकाका निमीत्त प्रमुख बसन्त कुमार खत्री ले कार्यकारी प्रमुख नहुँदा नगरपालिकाको सेवामा प्रभाब परेको बताए ।

‘सामान्य तोक लगाउने, पत्र दर्ता गर्ने काम हुने गरेको छ,’ उनले भने,’ आर्थिक काम ,शाखागत कामहरु अन्य ठुला कामहरु बढि प्रभाबित बनेका छन् ।’ कार्यकारी प्रमुख केन्द्र सरकारले पठाउने हुँदा अहिले सम्म कसैलाई पनि पठाएको छैन ।

गोदावरी नगरपालिकाका प्रमुख हरि सिं साउँदले कार्यकारी प्रमुख छिटो पठाईदिन सामान्य प्रशासन मन्त्रालय सँग अनुरोध गरिएको बताए । ‘म आँफै हिजो मन्त्रालय पुगेर कार्यकारी प्रमुख छिटो पठाउनु पर्‍यो भनेर आएको छु,’ मेयर साउँदले भने,’ सायद आज भोलीमा कार्यकारी प्रमुखको मन्त्रालयले टुँगो लगाउंछ होला ।’ उनले कार्यकारी प्रमुख नहुँदा काम गर्न समस्या भएकाले कार्यकारी प्रमुख पठाउने बिषयमा आफु निरन्तर मन्त्रालयको संपर्कमा रहेको बताए ।

sugag
याे पनि हेर्नुस्
Loading...