Badikedar Khabar

एलपीएलको स्कोरिंग पार्टनर विकेट नेपाल डट कम

jnhit

कैलाली,२६ कार्तिक
धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ एलपीएलको स्कोरिंग पार्टनर विकेटनेपाल डट कम रहने भएको छ ।
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको प्रत्येक खेलको स्कोर अपडेट नेपाली क्रिकेट प्रेमीहरु माझ लोकप्रिय क्रिकेट साइट विकेट नेपालले आफ्नो वेबसाइट र फेसबुक पेजमार्फत उपलब्ध गराउनेछ।
प्रतियोगितामा स्कोरिंग पार्टनर रूपमा रहने गरी विकेट नेपालका प्रबन्ध निर्देशक बिराट जंग रायमाझी सङ्ग सम्झौता पत्रमा आज लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले हस्ताक्षर हस्ताक्षर गरेका छन । शैक्षिक तथा विद्यालय स्तरको खेललाई समर्थक माझ अझ नजिक पुर्याउन सहकार्य गरेकोमा लिटल फ्लावर प्रीमियर लिग विकेटनेपाललाई धन्यवाद ज्ञापन गर्दछौं ।
लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष शाहीले १९ बर्ष मुनिका क्रीकेट  खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको  छैटौं संस्करणको  निरन्तरता दिइएको बताए ।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय  टिमको सहभागिता रहने बताइएको छ । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् ।

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।

sugag
याे पनि हेर्नुस्
Loading...