Badikedar Khabar

जिल्ला स्थरीय मगर मुक्तिमोर्चा नेपाल को जिल्ला सम्मेलन सम्पन्न ।

बडीकेदार २६ डोटी

नेकपा माओबादी केन्द्र निकाट मगर राष्टिय मुक्तिमोर्चो नेपालको डोटी जिल्ला सम्मेलन बडीकेदार गाउँपालिकामा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
सो सम्मेलन बाट ज्ञान बहादुर घर्तिमगरको अध्यक्षतामा २७ सदस्ययी जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा नरेश पुनमगर ,सचिबमा नर बहादुर मगर कोषध्यक्षमा भाबना घर्तिमगर र सदस्यमा तिलख घर्तिमगर लगाएत २७ जनाको कमिटी गठन गरेको हो ।


साथै सो जिल्ला सम्मेलबाट बडीकेदार गाउँपालिका स्थरीय मगर राष्टिय मुक्तिमोर्चा नेपालको १९ सदस्ययी गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा पे्रम घर्तिमगर ,उपाध्यक्षमा इन्द्र बहादुर बुढामगर , सचिबमा लोक बहादुर बुढामगर, कोषाध्यक्ष डम्बरी बुढामगर लगाएत १९ सदस्ययी कमिटी गठनगरेको छ ।
सो कार्यक्रमको प्रमुख अथिति मगर राष्ट्यि मुक्तिमोर्चा नेपालका सुदुर पश्चिम प्रदेश संयोजक डम्बर बहादुर घर्तिमगर विशिष्ट अथितिमा नेकपा माओबादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा बडीकेदार गाउँपालिका कमिटी अध्यक्ष दिनेश घर्तिमगर अथितिमा ,जिल्ला सदस्य बल बहादुर बुढामगर र महिला संघ बडीकेदार अध्यक्ष गौरा घर्तिमगर रहनुभएको थियो । कार्यक्रमको सभापति ज्ञान बहादुर घर्तिमगर रहनुभएको थियो ।

याे पनि हेर्नुस्
Loading...