काठमाडौं, २६ कार्तिक

पछिल्लो २४ घन्टामा थप ३९७ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका ११ हजार ६६ नमूनामध्ये पीसीआर विधिबाट ३ सय ५५ र एन्टिजेन विधिबाट ४७ गरी ३९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शुक्रबार थप ३८९ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ। यस्तै, कोरोनाबाट थप ३ जनाको ज्यान गएको छ ।
हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको छ। यस्तै पछिल्लो २४ घन्टामा ९३ हजार ६९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम भने टरी नसकेको विज्ञहरुले बताएका छन्।
