Badikedar Khabar

नेपाल र भारतका पर्यटन मन्त्रीबीच भेटवार्ता, मुम्बई र बेंग्लोरमा उडान भर्न दिने सहमती

दिल्ली, २७ कार्तिक ।

भारतीय नागरिक उड्यन मन्त्री ज्योतिरादित्य एम सिन्धिया र नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री प्रेम आलेबीच द्धिपक्षयीय भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा भएको छलफलमा भारतीय नागरिक उड्डन मन्त्री सिन्धियाले पर्यटन र हवाई क्षेत्रमा द्धिपक्षीय हितमा साझेदारी र सहकार्य गर्न तयार रहेको बताएका छन् ।

jnhit

शुक्रबार नयाँ दल्लीस्थित राजिव गान्धी भवन सफदरगंज भवनमा भएको भेटवार्तामा भारतीय नागरिक उड्डयन मन्त्री सिन्धियाले  नेपाली जहाजलाई भारतीय थप बिमानस्थलहरुमा उडान भर्न दिने बताए ।

पर्यटनमन्त्री आलेले नेपाली ध्वजाबाहक जहाजलाई मुम्बई र बेग्लोरमा उडान भर्न दिन गरेको आग्रहलाई पर्यटन मन्त्री सिन्धियाले स्वीकार गरेका छन् ।

साथै पर्यटन मन्त्री आलेले काठमाण्डौं–दिल्ली–काठमाण्डौं उडान थपका लागि गरेको आग्रहलाई समेत भारतीय नागरिक उड्डयन मन्त्री सिन्धियाले पुरा गर्ने बचन दिएका छन् ।

कोरोना शुरु हुन अघि नेपालबाट नेपाली ध्वजाबाहक जहाजले मुम्बई र बेंग्लोरमा हप्तामा चार दिन उडान भर्ने गरेका थिए । कोरोनापछि बन्द रहेको काठमाण्डौं–मुम्बई र काठमाण्डौ–बेग्लोर हवाई सेवा पनि द्धिपक्षीय भेटवार्तापछि शुरु हुने संकेत देखिएको छ ।

मन्त्री प्रेम आलेले भारतीय नागरिक उड्डयन मन्त्री सिन्धियासंग भएको छलफल अत्यन्त सकारात्मक भएको र छलफलबाट आफू निकै उत्साही भएको बताए ।

sugag
याे पनि हेर्नुस्
Loading...