Badikedar Khabar

अधिवेशन दोहोर्‍याउने निर्णय नभए मंसिर १ बाट केन्द्रीय कार्यालयमा अनशन बस्ने कांग्रेस डडेल्धुराः घोषणा

नेपाली कांग्रेस डडेल्धुरा जिल्ला समितिले आफ्नो जिल्लामा दोहोर्याएर वडा अधिवेशन नगरिए पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा धर्ना र अनशन थालिने घोषणा गरेको छ।

jnhit

आज पार्टीको केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गरी कांग्रेस डडेल्धुराले आफ्नो असहमति हुँदाहुँदै जिल्लामा संस्थापन पक्षले एकलौटी रूपमा वडा र पालिका अधिवेशन गरेको आरोप लगाएको हो।

तसर्थ त्यहाँ रहेको क्रियाशील सदस्यता विवाद समाधान गरी पुनः अधिवशेन गर्नुपर्ने माग आफूहरूको रहेको कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले बताए।

भोलि आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमितकाे बैठकले आफूहरूको माग सम्बोधन नगरे मंसिर १ गतेबाट सानेपामा धर्ना र अनशन बस्ने घोषणा कांग्रेसको डडेल्धुरा जिल्ला कार्यसमितिले गरेको हो।

sugag
याे पनि हेर्नुस्
Loading...