Badikedar Khabar

प्रचण्ड अस्पताल भर्ना

काठमाडौं, २७ कार्तिक

jnhit

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । बिहानदेखि स्वास्थ्यमा समस्या आएपछि उनी मेडिसिटी अस्पताल भर्ना भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अचानक रक्तचाप बढेपछि उनी बिहानदेखि चिकित्सकको निगरानीमा खुमलटारस्थित घरमै आराममा थिए । रक्तचाप नियन्त्रणमा नआएपछि थप चेकजाँच गर्न उनलाई अस्पताल लगिएको हो ।

महत्तरीमा जाने कार्यक्रम तय भएपनि स्वास्थ्यमा अचानक समस्या देखिएपछि कार्यक्रम स्थगित भएको स्रोतले जानकारी दियो ।शनिबार महत्तरीको रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड आउने कार्यतालिका थियो।

sugag
याे पनि हेर्नुस्
Loading...