धनगढी, २७ कार्तिक
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीको ९० वडामा सर्वसम्मतले वडा कमिटीसहित क्षेत्रीय प्रतिनिधि चयन भएको छ ।
जम्मा १२६ वडामध्ये ९० मा सर्वसम्मत रुपमा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भएको प्रचार प्रसार संयोजक नृप सुनारले जानकारी दिए ।
उनका अनुसार ११ वटा वडामा सर्वसम्मतमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रयास भइरहेको छ । २५ वटा वडामा भने निर्वाचन भइरहेको उनले जनाए । केही वडामा आजै निर्वाचन भइरहेको र केही वडामा भोलि निर्वाचन हुने सुनारले बताए ।