रौतहट –

रौतहटमा भारतीय नम्बर प्लेटको कार पल्टिँदा चार जनाको ज्यान गएको छ ।गरुडाबाट गौर आउँदै गरेको भारतीय नम्बर प्लेटको कार यमुनामाई गाउँपालिका ४ झुनखुन्वाचोकमा पल्टिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना भारतीय नागरिक भएको अनुमान छ । तर, परिचय खुलिसकेको छैन । सडकको किनारमा रहेको ठूलो खाल्डोमा गाडी पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार खाल्डोमा पानी जमेको थियो।
