धनगढी २८ कार्तिक/
कैलालीको गोदावरी नगरपालिकामा काँग्रेसका नगरसभापती र सचिब आफ्नै वडामा पराजित भएका छन । शनिबार सम्पन्न वडा अधिबेशअनमा वडा नम्बर १ बाट नगर सभापती हेमप्रकाश उप्रेती क्षेत्रिय प्रतिनिधीमा पराजित भएका हुन । त्यस्तै नगर सचिब तेज खड्का पनि पराजित भएका छन ।
उक्त वडामा काँग्रेसका झन्डै ३ सय कृयाशिल सदस्य रहेका थिए । एक नम्बर वडामा कांग्रेसको दुई समुह प्यानल बनाएर चुनावमा होमिएका थिए । वडामा शिवराज जोशी नेत्रित्वको पुरै प्यानलले जितेको छ । सोही समुहका उम्मेदारहरु क्षेत्रिय प्रतिनिधी र नगर प्रतिनिधीमा बिजयी भएका छन । जोशी इतर समुहबाट क्षेत्रिय प्रतिनिधीमा लोकराज पाण्डेले मात्रै जित हाँसिल गरेका छन ।