काठमाडौं, २८ कार्तिक ।
सर्वोच्च अदालत परिसरबाट प्रहरीले करिब ५० जनालाई पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको समर्थनमा आन्दोलनमा निस्किएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रधानन्यायाधीश राणाको समर्थन र विरोधमा निस्किएका दुई पक्षबीच केहीबेर घम्साघम्सी समेत भएको थियो । आज एकै पटक प्रधानन्यायाधीशको समर्थन र विरोधमा वकिल तथा कानुन आएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । ‘आज प्रन्याको समर्थन र विरोधमा एकै पटक विरोध प्रदर्शन भएको छ । सो क्रममा प्रहरीले ५० जना जतिलाई नियन्त्रणमा लिएको छ ।’ उनले भने ।
नेपाल बारको अगुवाइमा आज पनि प्रधानन्याधीश राणालाई अदालत प्रवेशमा रोक लगाइएको थियो । यसअघि शुक्रबार पनि प्रधानन्यायाधीश राणाको बाटो छेकिएकोमा दुवै दिन वैकल्पिक बाटो प्रयोग गरेर अदालत प्रवेश गरेका थिए ।