
एकेन्द्र चन्द
डोटी मंसिर १७, डोटी बहुमुखी क्याम्पस डोटीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
डोटी बहुमुखी क्याम्पस स्नातक तहमा अध्ययनरत दोश्रो, तेस्रो र चौथो वर्षका विद्यार्थीको सयुक्त आयोजनामा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
डोटी बहुमुखी क्याम्पसको सभाहलमा आयोजना भएको स्वागत कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता, गजल मुक्तकलगायतका रचनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमा विद्यार्थीहरूले डेउडा समेत खेलेका थिए । स्वागत कार्यक्रमका प्रमुख अथिती क्याम्पस प्रमुख दिलानन्द जोशी रहनु भएको थियो ।
कार्यक्रम बोल्दै प्रमुख अथिती जोशीले विद्यार्थीलाई भने- हाम्रो खुशी भनेकै तपाईंहरू हो । तपाईंहरूलाई सफलता मिल्दा हामी खुसी हुन्छौ । उनले भने तपाईंहरू भोलिको समाजको जिम्मेवार नागरिक हो ।त्यसकारण आफ्ना अभिबावक र समाजका अपेक्षा पूरा गर्नका लागि जिम्मेवार हुनुपर्ने क्याम्पस प्रमुख जोशिले बताए ।
महामारीको रूपमा फैलिएको कोरनाले गर्दा अध्ययन अध्यापन कार्यमा बाधा परेको अवगत गराउदै अब लक्ष्य केन्द्रित भएर अध्ययन कार्यमा जुट्न विद्यार्थीहरूलाई आग्रह समेत गरे । सुदूरपश्चिमको नमुना क्याम्पस बनाउन र क्याम्पसको समग्र विकासका लागि शिक्षक विद्यार्थी र यस क्षेत्रका राजनीति दलको सहयोग आवश्यक रहेको बताए । स्वागत कार्यक्रमका बिशिस्ट अथिती उपप्राध्यापक लोक राज भट्ट, उपप्राध्यापक टीका फुलारा र फणीन्द्र साउद रहनु भएको थियो । भने कार्यक्रमको संचालन स्नातक दोश्रो वर्षमा अध्ययनरत छात्र दिपेन्द्र ओझाले गरेको थिए भने स्वागत मन्तव्य दोस्रो वर्षमै अध्ययनरत विद्यार्थी टेक बोगटीले गरेका थिए । कार्यक्रम दोस्रो वर्षमै अध्ययनरत विद्यार्थी मोहन सिं ठकुल्लाको सभापतित्वमा सम्पन्न भएको थियो ।
