धनगढी, १७ मंसिर/

नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तरगत पहिलो पटक प्रदेश अधिबेशन गर्दैछ । पहिलो अधिबेशन संगै काँग्रेस पार्टीमा उत्साहका साथ प्रदेश अधिबेशनमा प्रतिनिधिहरु धनगढी पुगेका छन् ।
सुदूरपश्चिममा ५७ पदका लागि एक सय ८८ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिए । शुक्रबार निर्वाचान समितिले उम्मेदवारको मनोनयन पत्र दर्ता दिउँसो २ बजे देखि ४ बजे गरिएको थियो । ।शुक्रबार एक सभापति पदका लागि १ दुई जना, दई उपसभापति पदका लागि ७ जना, दुई महामन्त्री पदका लागि ४ जाना, सहमहामन्त्री २ खुलामा ७ जाना र १ महिला ४ जानाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत जेठाराले जानकारी दिए ।
निर्वाचन अधिकृत जेठाराका अनुसार प्रदेश सदस्य (भुगोल जिल्ला) प्रत्यक जिल्लाबाट १ पर्ने ९ खुला र ९ महिला, खस आर्य खुला ६ पुरुष र ६ महिला, आदीबासी जनजातीबाट १, मधेसीबाट १ जना, दलित पुरुष २ र महिला १, थारु पुरुष २ र महिला १, मुस्लीम १ र अल्पसंख्यक वा अपाङ्गता कोटाबाट १ जना चाहिने भएका हुन् ।
