धनगढी, १८ मंसिर
नेपाली काँग्रेस सुदूरपश्चिमका उम्मेदबार चयनका लागि मतदान धनगढीको निर्माण व्यवसायी संघ कैलालीको सभा हलमा हुने भएको छ । पार्टी व्यबस्थापनले ओम प्यालेसको हल १६ र १७ गते सम्मको लागि मात्रै बुक भएकोले कार्यक्रम तालिका बढेकोले मतदान कार्यक्रम निर्माण व्यबसायी संघ कैलालीको हलमा राखिएको होे ।
एक हजार १६ कुल मतदाता सख्या रहेका एक सय ८५ उम्मेदबारका लागि शनिबार बिहान ९ बजेबाट हुने निर्वाचन अधिकृत बिरबहादुर जेठाराले सुदूरपत्रलाई जानकारी गराए । निर्वाचानको सबै तयारी मतपत्र छाप्ने र सुरक्षाको बन्दोबस्त सबै व्यबस्थापन भैसकेको निर्वाचन समितिले जनाएको छ । मतदान बिहान ९ बजेबाट ३ बजे सम्मको समय सिमा तोकेको छ ।