Badikedar Khabar

किशोरीलाई आत्मारक्षा तालिम प्रदान

डोटी

महिला तथा बालबालिका शाखाको आयोजनामा डोटीको दिपायल सिलगढी नगरपालिकाले महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले ४० जना किशोरीलाई आत्मारक्षा तालिम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला जिल्ला सदरमुकाममा रहेको नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा किशोरीलाई दुइ दिने आत्मारक्षा तालिम दिइएको हो । महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाएको महिला तथा बालबालिका साखा प्रमुख सानुमाया लिम्बूले बताउनुभयो ।

‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न उक्त तालिमबाट दुइदिन सम्म आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्ने दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम राज गुरूङले बताउनुभयो । सुरुआती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्नेलगायतका गतिविधि प्रशिक्षण दिइएको थियो ।

याे पनि हेर्नुस्
Loading...