सुखड
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराको बिदाइ गरीएको छ । २०७७ साल भदौ १५ गते इलाका प्रहरी कार्यालय सुखडमा आएका (डीएसपी) सागर बोहरा सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायल डोटीमा सुरुवा भए पछि शनिवार बिदाइ गरीएको हो ।

प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार उनि सहित देशका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को एकै साथ सरुवा भएको थियो । घोडाघोडी नगरपालिका, घोडाघोडी उद्योग वाणिज्य सङ्घ तथा यस क्षेत्रका सरोकारवालाहरूले उनलाई दोसल्ला, खादा र फुल दिएर बिदाइ गरेका छन् । पहिलो पटक प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहरा इलाका प्रहरी कार्यालय सुखडमा खटिएका थिए ।
यस अघि भने प्रहरी निरीक्षकले कमान्ड समाल्दै आएको थिए । १५ महिना सुखडमा बसेका बोहराले अपराध नियन्त्रण र अनुसन्धानमा सक्रियताका साथ काम गरेको बताइन्छ । उनी आए पछि यस क्षेत्रको शान्ति सुरक्षा अमन चयन कायम गर्न साहसिक एवं उत्कृष्ट कार्य गरेको जनमानसमा सुनिन्छ । सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत भई उनलाई काजमा इलाका प्रहरी कार्यालय सुखडमा खटिएको थियो ।
(डीएसपी) सागर बोहराको बिदाइ सँगै जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी निरीक्षक सन्दीप शाहलाई इलाका प्रहरी कार्यालय सुखडमा खटाएको छ ।
