नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा शनिबार रातिसम्म करिब ६१ प्रतिशत मतदाताले मतदान गरेका छन् । कुल २१५० जना मतदाता रहेको बागमती प्रदेशमा १३२५ ले मतदान गरेका हुन् । निर्वाचन समितिले राती १० बजे सम्म मतदानको समय तोकेको छ भने मतदान चाँडै सम्पन्न गर्नको लागि १० वटा मतदान केन्द्रको स्थापना गरिएको छ ।कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १–१ वटा मतदान केन्द्र स्थापना गरिएको हो । मतदानस्थल वरपर टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री हटाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदाताहरु लामबद्ध भएर मतदान प्रक्रियामा सहभागि भइरहेका छन्