राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।
आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।


लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए।
अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्। आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन्।
थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्।
‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु।’
