गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्का नेपाली कांग्रेस गण्डकी प्रदेशको महामन्त्री पदमा पराजित भएका छन्।
सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका खड्का ११ मतले पराजित भएका हुन्।

प्रदेश महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५७३ र विष्णुप्रसाद लामिछानेले ५६७ मत पाएर बिजयी भए। यी दुबै बरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका उम्मेदवार हुन्।
खड्काले ५५६ मत ल्याएका थिए। कांग्रेस प्रदेशमा २ जना महामन्त्री हुने व्यवस्था छ। प्रदेशको सबैभन्दा धेरै बजेट भएको मन्त्रालय चलाएका खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुन्।
