Badikedar Khabar

एनपी साउदको केन्द्रीय महामन्त्रीमा उम्मेदवारी, सचिवालयले सार्वजनिक गर्यो पोस्टर

धनगढी, २० मंसिर । नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशनमा केन्द्रीय पदाधिकारीमा कञ्चनपुरका एक नेताले पनि पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेका छन् । यद्यपि उनले आधिकारिक घोषणा भने गरिसकेका छैनन् ।

कञ्चनपुर क्षेत्र २ का पूर्वसांसद तथा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

कांग्रेसका प्रभावशाली नेता मानिने मध्येका एक साउदले सार्वजनिक रुपमा उम्मेदवारी बारे न बोले पनि उनको सचिवालयले आइतबार महामन्त्रीका उम्मेदवार लेखिएको पोस्टर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको छ ।

साउद पार्टी सभापति शेरबहादुर देउवा खेमा (संस्थापन) का नेता हुन् । उनको सचिवालयले चुनावका लागि काठमाडौं अनामनगरमा सम्पर्क कार्यालयसमेत खोलिसकेको छ ।

याे पनि हेर्नुस्
Loading...