Badikedar Khabar

दक्षिण अफ्रिकाबाट नेपाल आएका दुई जनामा ओमिक्रोन सङ्क्रमण

नेपालमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।

दुवै जना अस्पतालको आइसोलेसन कक्षमा चिकित्शकको निगरानीमा रहेका छन् । दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमूना संकलन गरी परीक्षण गर्दा उनीहरुमा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो ।

याे पनि हेर्नुस्
Loading...