सुखड- प्रत्येक वर्ष घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव २०७८ सोमबार उद्घाटन गरीएको छ । दुई वर्ष कोरोनाका कारण हुन नसेको सांस्कृतिक महोत्सव यो वर्ष भने सुरु भएको हो । सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बिच घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता देवी चौधरी, राष्ट्रिय सभा सदस्य हरि राम चौधरी‘उत्सव’, घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी, जनप्रतिनिधिहरू,राजनीतिक दलका नेताहरू लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । महोत्सवमा तालको पर्यटकीय क्षेत्रमा उन्नति, थारु परम्परा, कला, सस्कृितको पबद्र्धन, सास्कृतीक जगेर्ना र धार्मिक क्षेत्रमा टेवा पुग्ने उद्देश्यका साथ महोत्सव सुरु भएको हो ।
कार्यक्रममा लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सवमा विशेष गरी थारु समुदायको पुरानो गुरुवाहरुद्धारा नाचिने बडका नाच, महिलाहरुद्धारा सामूहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगरका साथै थारु समुदायको स्थानीय प्रतिभाहरूको संरक्षण संम्वद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियता स्तरमा आफ्नो समुदायको पहिचानलाई चिनाउनका लागि विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो ।
महोत्सवमा थारु संस्कृतिका व्यावसायिक सामाग्रीको प्रदर्शनी, स्थानीय गाउँ गाउँको झाँक्री प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, थारु जनजाति तथा आदिवासी समुदायको रहन सहन भेसभुसाका साथै विभिन्न थारु नाचको प्रस्तुति रहेन आयोजक संस्था घोडाघोडी तथा संस्कृति संरक्षण समाजले जनाएको छ ।
घोरीघोरा मन्दिर विशेष गरी थारुहरूको कुल देउताको रुपमा मानिने भएकाले यसको धार्मिक मान्यता र महत्त्व रहेको र यसले सामाजिक पहिचानलाई पनि चिनाउने भएको कारणले अबको दिनमा नयाँ पुस्तालाई घोरीघोराको कुल देउताको महत्त्वको साथै थारु रीतिरिवाज पूजा गर्ने विधि परम्परालाई युवा पीढीलाई यस बारे जानकारी दिन सहज हुने मूल आयोजकले जनाएको छ ।
पश्चिम तराईका थारुहरूको आस्थाको प्रतीक मानिने धार्मिक सांस्कृतिक ऐतिहासिक प्राकृतिक जैविक विविधताले भरिपूर्ण विश्व रामसारमा सुचीकृत घोरीघोरा मन्दिरमा सामूहिक रुपमा लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सव मनाउने गरिन्छ । थारु संस्कृति पहिचानको लागी “हमार संस्कृति हमार पहिचान, थारु संस्कृति जोगाई पर्ना हमार अभियान” भन्ने मूल नाराका साथ मङ्सिर २० गते देखी २२ गते सम्म गते विवाह पञ्चमी सम्म संचालन हुने आयोजकले जनाएको छ ।
कुल देउताको रुपमा प्राचीन काल देखि नै मनाउँदै आई रहको लवाङ्गी पुजाले सामाजिक सद्भावका साथै पुर्खाहरूले विगतका समयमा पूजा गर्ने विधि विधान र घोरीघोरा देउथनुवाको धार्मिक मान्यतालाई वैधानिकता दिनका लागि प्रत्येक वर्ष मनाउँदै आइरहेको परम्परागत रित्ती रिवाज र संस्कृति संरक्षण वाट आफ्नो पहिचानका साथै सामाजिक परिचयको महत्त्वबारे एकताबद्ध गर्नका लागि यस वर्ष पनि पूजा सञ्चालन हुने आयोजकले जनाएको छ ।
थारु परम्परा अनुसार वर्ष भरी गरिएको खेती र जीवन रक्षाको लागि सामूहिक रुपमा आफ्नो कुल देउतालाई उत्पादन भएको अन्न र जीवन रक्षाको लागि थारु रीतिअनुसार सामूहिक रुपमा बलि चढाएर मात्र नयाँ अन्न खाने प्रचलन थारु समुदायमा अहिलेसम्म चली आएको छ । घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुर लगायतका बलिहरू समेत चढाउने गरिन्छ । बलि दिने कार्यमा भने थारु मात्र नभई गैर थारु समुदायहरूको पनि बाक्लो सहभागिता हुने गर्दछ । कैलालीका ८२ गाउँ सहित कञ्चनपुर, दाङ, बाके, बर्दिया लगायतका जिल्लाहरूबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।