सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो भाषा कला संस्कृतिलाई संरक्षण गर्नु पर्ने बताएका छन् । सोमबार कैलालीको घोडाघोडी ताल क्षेत्रमा आयोजित घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्दे उनले विभिन्न जातजातिको भाषा कला संस्कृति लोप हुन लागेको हुँदा सबैले संरक्षण गर्नमा लाग्नु पर्ने जोड दिए ।
लोप हुन थालेका संस्कृतिहरूलाई संरक्षण गर्नको लागी प्रदेश सरकार लागी परेको प्रस्ट पारे । प्रदेश सरकारले सुदूरपश्चिम भएका भाषा, कला, संस्कृतिहरूलाई प्रचार प्रसार गरेर अगाडि बढीरहेकोे बताए । सुदूरपश्चिम प्रदेशमा भएका विभिन्न कला संस्कृतिहरूलाई प्रचार प्रसार गर्न सक्यौँ भने हाम्रो प्रदेश संस्कृतिमा धनी हुने बताए । घोडाघोडी क्षेत्रको बिकास लागी केही काम अगाडि बढाई रहेको पनि मुख्यमन्त्री भट्टले बताए । आगामी दिनमा यसको समग्र बिकास गर्नको लागी प्रदेश सरकार सकारात्मक भएको प्रस्ट पारे ।
थारु समुदायमा रहेको मुखिया प्रथा भल्मन्सालाई कानुनी रूप दिनको लागी प्रदेश सरकार सकारात्मक भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । यस समुदायमा रहेका विभिन्न व्यक्तिहरू सँग छलफल गरेर काम अगाडि बताई उनले बताए । थारु समुदायमा कुनै पनि काम गर्दा भल्मन्साहरुको सुझावबाट गर्नुका साथै गाउँको अगुवा समेत भल्मन्साले गर्ने भएकाले कानुनी मान्यता आवश्यकता भएको जनाइएको छ ।
साथै घोडाघोडी तथा संस्कृति संरक्षण समाजले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ९ बुँदे ज्ञापन पत्र बुझाएको छ । बडघर, भल्मन्सा प्रथालाई प्रदेश सरकारले नीति बनाई स्थानीय सरकार सँग सहकार्य गरी कानुनी मान्यता दिनु पर्ने, घोडाघोडी मन्दिरमा नयाँ मन्दिर निमार्णको लागी पहल गर्नु पर्ने लगायत विभिन्न माग ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।