बैतडी
बैतडीमा जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–१ सकारमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएको छन् ।
पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप आज साझँ पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको प्रहरी जनाएको छ ।
मृत्यु हुनेहरमा पाटन नगरपालिका ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
उनीहरु चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाईते ६ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।
चालक भने फरार रहेका छन् । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।