काठमाण्डौ २१ मंसिर
नेपाली काँग्रेसका नेता डा. रणबहादुर रावलले केन्द्रिय सदस्यमा उम्दवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औ महाधिवेशनको लागि डा. रावलले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । मंगलबार काठमाडौँमा संचारकर्मीहरुसंग कुरा गर्दै आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको परामर्शमा देउवा समुहबाट आफु केन्द्रिय सदस्य(प्रदेश)मा उम्मेदवारी दिने काँग्रेस नेता रावलले बताए । प्रमुख प्रतिपक्ष दल समेत रहेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका काँग्रेस नेता राउलले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषण गरेसंगै प्रचार–प्रसार समेत थालेको बताए । ्नेपाली काँग्रेसलाई युवाको रोजाईको पार्टी बनाउन र गुटबन्दी अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको डा. रावलको भनाई छ ।