विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु भएको छ ।
४२ दिनसम्म चल्ने एसेसमा पाँच टेस्ट खेलिने छन् ।
अस्ट्रेलिया र इंग्ल्यान्डबीच हुने यो प्रतियोगितालाई भारत र पाकिस्तानबीच हुने खेल जस्तै सामरिक महत्वले हेरिन्छ । अस्ट्रेलिया टिमका नयाँ कप्तान प्याट कमिन्सका साथमा खेल्दैछ । सन् १८८२ यता एसेस सिरिजमा तीन सय ३९ पटक इंग्ल्यान्ड र अस्ट्रेलिया एक अर्का विरुद्ध खेलेका छन् ।