काठमाडौं २२ मंसिर
नेपाली कांग्रेस नेत्री एवं पूर्वराज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् ।
उनले आदिवासी/जनजाति क्लष्टरतर्फको सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् । उनी हाल कांग्रेसको केन्द्रीय आदिवासी जनजाति विभागको प्रमुखसमेत हुन् । कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरसहितका आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।
पार्टीको पदाधिकारीमा महिलाको सङ्ख्या बढ्नुपर्ने बताउँदै उनले आफूले लामो समयदेखि पार्टीमा काम गर्दै आएको भूमिकाका आधारमा उम्मेद्वारी घोषणा गरेको बताएइन्।