Badikedar Khabar

गोरू काटेको अभियोगमा ५ जना पक्राउ

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ बस्ने ४० वर्षीय आङ्गा गुरुङ लगायत ५ जनालाई गोरू काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित कागबेनीमा गोरू काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे पनि हेर्नुस्
Loading...