Badikedar Khabar

देउवा पक्षले आजै १३ पदाधिकारीको नाम सार्वजनिक गर्ने

काठमाडौं

नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय पदाधिकारीका उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ।सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने भएको छ।

jnhit

आफ्नो समूहको बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका देउवा बुढानिलकण्ठ पुगिसकेका छन। केही समयभित्रै बैठक सुरु हुने र पदाधिकारीको प्यानल नै सार्वजनिक गर्ने तयारीसमेत भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन।

देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन।

संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ। तर, त्यो सूची पदाधिकारीमा पार्न लबिङका लागि हुनसक्ने अनुमान गरिएको छ।

sugag
याे पनि हेर्नुस्
Loading...