Badikedar Khabar

१६ दिने लैङिगक हिंसा बिरुद्धको अभियान अन्तर्गत अभिमुखिकरण

धनगढी, २२ मंसिर

कैलालिको धनगढी उप महानगरपालिकामा लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा बिद्यालय स्तरमा हुने महिला हिंसा निवारणको सम्बन्धमा शिक्ष्ँक,बिद्यँर्थि,र बिद्यँलय ब्यवस्थापनका पदाधिकारी संग अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा सहभागिहरुलाइ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले लैगिंक हिंसा,लागु औषध,साइबर क्राइम लगायतका बारेमा प्रशिक्ष्ँण दिएका थिए । लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत यस बर्षको नारा घर बाटै सुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने रहेको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलिले बिद्यालय स्तरमा उजुरी पेटिका राखिदिन प्रहरीलाइ आग्रह गरिन । नाम भन्न डराउनेहरुका लागि उजुरी पेटिका उजुरी गर्नका लागि सहज बाटो भएकाले केहि रुपमा भएपनि बिद्यँलय स्तरमा हिंसा न्युनिकरण हुने उनको भनाइ थियो ।

याे पनि हेर्नुस्
Loading...