मसिंर २३ सुखड
– कैलालीको घोडाघोडी नगरपालिकामा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण समन्वय समिति गठन गरीएको छ । यस क्षेत्रका विभिन्न राजनीतिक दल, बुद्धिजीवी, यातायात व्यवसायी,व्यापारी तथा नागरिक समाजको प्रतिनिधिहरूको उपस्थितिमा समन्वय समिति गठन गरीएको हो ।
घोडाघोडी नगरपालिका १ वडा अध्यक्ष मनराज शाही संयोजक रहने गरी २७ सदसिय ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण समन्वय समिति गठन गरीएको हो । यस क्षेत्रमा बढ्दै गइरहेको सवारी दुर्घटना तथा ट्राफिक व्यवस्थापनलाई न्यूनीकरण गर्ने उद्देश्यले समन्वय समिति गठन गरीएको अस्थायी ट्राफिक पोस्ट सुखडका प्रमुख धिरेन्द्र बहादुर विष्टले जानकारी दिए ।
समन्वय समितिको पहिलो बैठकले विभिन्न निर्णय समेत गरेको थियो । कानुन सम्बत क्षतीपूतिको व्यवस्थापन गरी याथाशिर्ग बाटो खुलाउन पहल गर्ने र सम्भव नभएमा स्थानीय प्रशासनलाई पूर्ण रूपले गरी बाटो खुलाउन पहल गर्ने गर्ने र नगरपालिका भित्र पर्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत सडक एरिया खाली गराउन सम्बन्धी निकायलाई पत्राचार गर्ने निर्णय समेत बैठकले गरेको छ ।