Badikedar Khabar

सहमतीमा नेतृत्व चयन गर्छौं: देउवा

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतीमा नेतृत्व चयन गर्ने बताएका छन्।

प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पारे। पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली काँग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै उनले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटूता, मनोमालिन्य र असहिष्णुता प्रर्दशन नगर्न पनि आग्रह गरे।

प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफलताका साथ सम्पन्न गरेर गाउँघरमा फर्की काँग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।

प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक भविष्यका लागि समेत नेपाली काँग्रेसको १४औं महाधिवेशन महत्वपूर्ण रहेको दावी समेत गरे। कार्यक्रममा काँग्रेस सहमहामन्त्री एवम् लेखक महतले पुस्तक नेपाली काँग्रेसको आर्थिक नीति जान्न चाहनेका लागि उपयोगी हुने बताएका थिए।

 रासस

याे पनि हेर्नुस्
Loading...