Badikedar Khabar

शुसिला मिश्रभट्टद्वारा केन्द्रिय सदस्यमा उम्मेदवारी

धनगढी,२३ मंसिर

नेपाली कांग्रेसको १४ औँ महाधिवेनमा नेपाली काँगेसकी नेत्री शुशिला मिश्र भट्टले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौँमा पत्रकारहरुसंग कुरा गर्दै उनले आफुले सुदूरपश्चिम प्रदेश९महिला तर्फ०को केन्द्रिय सदस्यमा उम्मदवारी घोषण गरेकी हुन् ।

पार्टीमा पूनर्जागरण, रूपान्तरण र समाबेसी तथा महिलाको अर्थपूर्ण सहभागिताको लागि आफुले सुदूरपश्चिम प्रदेश९महिला तर्फ०केन्द्रिय सदस्यमा उम्मदवारी दिएको बताईन् । केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणसंगै उनले केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुलाई मतदानको लागि समेत अपिल गरेकी छिन् । भट्ट नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपलिकाकी उप–प्रमुख समेत रहेकी छिन् ।

याे पनि हेर्नुस्
Loading...