डोटी,२३ मंसिर
।सुदूरपश्चिम प्रदेश मा ‘भुवाँ नाच’ सुरुआत भएको छ । दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँबाट उक्त नाच सुरु भएको हो । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम तथा डोटीसँगै कर्णाली क्षेत्रका केही जिल्लाको मौलिक संस्कृति र प्रमुख पर्व भुवाँपर्व अर्थात् भस्सो खेल्ने चलन छ ।
झण्डै पाँचदेखि सात दिनसम्म यहाँका नागरिकले भुवाँ खेल्ने गरेको सिलगढी –५ का वडाध्यक्ष मदन भण्डारीले बताए । उनका अनुसार परापूर्वकालदेखि उक्त नाच सुरु गरिएको हो । आफ्नै लय र भाकामा पञ्चेबाजाका साथमा नाचिने हतियारधारी समूहको ठूलो सामूहिक खेललाई नै यहाँ भुवाँ खेल भनिने गरिन्छ । कम्तीमा पनि पाँच किसिमका बाजाका तालमा सातदेखि आठवटासम्म भुवाँ खेल खेल्ने गरिन्छ ।
तत्कालीन राजाका सैनिकले तालिमस्वरुप खेल्ने तथा युद्ध मैदानमा दुश्मनसँग कसरी लड्ने र विजयी हासिल गर्ने भन्ने कला त्यस नाचमा देखाइने गरेको दिपायल सिलगढी–५ का स्थानीयवासी अनिल भण्डारीले जानकारी दिए ।