Badikedar Khabar

सभापतिको दौडबाट पछि हट्दिनँ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको छ ।

काठमाण्डौको बानेश्वरमा आज नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उहाँले आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको हो ।

jnhit

पछिल्लो समय कांग्रेसमा शक्तिको राजनीति हुने गरेको र यसकै कारण पार्टीलाई विधि विधानअनुसार अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ ।

पार्टीलाई विधिअनुसार चलाउनकै लागि आफू सभापतिको उम्मेदवार बन्ने उहाँले बताउनु भएको छ ।

कार्यक्रममा सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन कृष्णप्रसाद भट्टराईले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दु:ख व्यक्त गर्नुभयो ।

sugag
याे पनि हेर्नुस्
Loading...