लमजुङ –
लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ गोया खोल्सामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएकाे छ ।
मर्स्याङ्दी गाउँपालिका–९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे जाँदै गरेको ग १ ज ६३१७ नम्बरकाे जीप आज बिहीवार गोया खोल्सामा दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे हाे । गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बाेकेकाे जीप दुर्घटना परेकाे हाे ।
दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका-८ का ३८ वर्षीय कमल राना थापा, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी गाउँपालिका-९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ, र त्यही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको ज्यान गएकाे प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।