Badikedar Khabar

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले जारी छ। १४ औं महाधिवेशन अघि बिहीबार निर्धारित समयभन्दा डेढ घण्टा ढिला गरि सुरु भएको बैठक पार्टी कार्यालय सानेपाको छतमा बसिरहेको छ।

महाधिवेशनबाट नयाँ कार्यसमिति आउनु अघिको अन्तिम केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह उपस्थित भएका छैनन।

जारी बैठकमा भोलिदेखि सुरू हुने महाधिवेशनमा पेस गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषय छलफलका एजेण्डा छन।

केही सह-महामन्त्रीसहित केन्द्रीय सदस्यको संख्या थप गर्ने प्रस्ताव पनि ल्याउने तयारी भइरहेको बताइएको छ।

याे पनि हेर्नुस्
Loading...