Badikedar Khabar

संयुक्त राज्य अमेरिकाबाट प्रधानमन्त्री देउवालाई ध्याननार्कषण पत्र

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पुर्ब सन्ध्यामा संयूक्त राज्य अमेरिकाबाट प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ ।

नेपाली कांग्रेस अछाम क्षेत्र नं १ का पूुर्ब सभापति समेत रहेका लक्षमण खडकाले अमेरिकाबाट प्रधानमन्त्री देउबालाई सो ध्यानाकर्षण पत्र पठाएका हुन ।

उनले पत्रमा भनेका छन प्रधानमन्त्री ज्यु तपाईले चालेका हरेक आन्दोलनका बिरुद्ध उभिएका व्यक्ती आज तपाईका बिश्वास पात्र भएको देख्दा अचम्म लागेको छ ।

जुन व्यक्ती कांग्रेसको विधानको ठाडो उल्लंघन गर्दै पार्टीका हरेक क्रियाकलापको बिरोध गर्दै हिन्ने व्यक्ती आज तपाईको बिश्वास पात्र हुनुले पार्टी र तपाईलाई नोक्सान हुने कुरा दुईमत नभएको पत्रमा उल्लेख छ ।

पार्टी सभापती समेत रहेका देउबालाई खडकाले पठाएको ध्यानाकर्षण पत्रमा भनेको छ जती बेला १२ औ महाधिवेशन पश्चात आदरणिय स्वर्गीय सभापति शुशिल कोईरालाको पालामा अधिबेशनद्धारा गठित भातृसंगठन बिगठित गरिदा आन्तरिक लोकतन्त्रको हत्या भयो भनि तपाइृले गरेको खबरदारीलाई नेपाल तरुण दलको अगुवाईमा भएको देश ब्यापी आमरण अनसन र अछाम जिल्ला बाट पनि मेरो नेतृत्वमा साथीहरु आमरण अनसनमा थियौ । त्यती बेला हामीले दशै तिहार बनाउन नपाएको सर्बबिवितै छ उनले पत्रमा भनेका छन ।

परिबर्तनका लागी त्याग र बलिदान गर्दै तापईलाई १३ औ महाधिबेशनमा नेपाली काग्रेसको सभापतीमा निर्बाचित गराएको स्मरण गराउन चाहान्छु ।

ध्यानाकर्षण पत्र जस्ताको तस्तै

नेपाली कांग्रेस केन्द्रीय सभापतिलाई खुला–पत्र

आदरणीय सभापति ज्यू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सानेपा, काठमाण्डौ

विषयस् ध्यानाकर्षण सम्बन्ध मा ।

नेपाल मा लोकतंत्र स्थापना गर्न ८ दशक देखी अनवरत रुपमा नेपाली जनको आस्था को धरोहर को रुपमा स्थापित लोकतांत्रिक पार्टी को छवि बनाउन सफल एक मात्र पार्टी नेपाली कांग्रेस को आसन्न १४औ माहाधिवेशन को पुर्ण सफलता को कामना गर्दछु ।

देश को लोकतंत्र लाई सुदृढ़ पार्दै आन्तरिक पार्टी भित्र पनि लोकतंत्र को सफल अभ्यास गर्न भनी हिजो को दिन मा तपाईं ले आह्वान गरेको विद्रोह लाई समर्थन गर्दै तपाईं संगै हो मा हो भन्दै साथ र समर्थन गर्ने म जस्ता हजारौ कार्यकर्ता को समर्थन ले १३ अधिवेशन ले तपाईं लाई सभापति बनायो । फल स्वरुप आज देश को नेतृत्व तपाईं मार्फ़त नेपाली कांग्रेस ले गरिरहोको छ।

१२औ महाधिवेशन पश्चात आदरणीय स्वर्गीय सभापति सुशील कोइराला को पालामा अधिवेशन द्वारा गठित भातृ संगठन विगठन गरिदा आन्तरिक लोकतंत्र को हत्या भयो भनी तपाईं ले गरेको खबरदारी लाई साथ दिदै नेपाल तरुण दल को अगुवाई मा भएको देश ब्यापी आमरण अनसन मा मेरो नेतृत्व मा अछाम जिल्ला पनि ९ दिन सम्म आमरण अनशन बसी देश भरि बाट ठुलो दवाब दिन सफल भएको कुरा म स्मरण गराउन चाहन्छु ।

बिधान अक्षर ले कोरिएको अमूर्त दस्तावेज हो त्यसलाई अक्षरस पालना गरे मात्र त्यसले मुर्तरुप पाउछ । दुख का साथ भन्न पर्छ आज तपाईं लाई खुसी पार्न तपाईं लाई भ्रमित गरि केही स्वार्थी दलाल को घेरामा तपाईं पर्नु देश, पार्टी र लोकतन्त्र लाई नै धोका भै रहेको कुरा म राख्न चान्छु ।

म जति बेला तपाईं को समर्थन मा अछाम मा आमरण अनसन मा थिए त्यतिवेला हाम्रो महान चाड दशै आईरहेको थियो । म लगाएत म संगै अनसन बसेका साथीहरु को स्वास्थ्य गम्भिर भै अस्पताल भर्ना भएको बखत मेरो सानो छोरा फोन गर्दै बाबा कहिले घर आईसीन्छ दशै आयो भन्दा साह्रै दुख र पिडा हुन्थ्यो । तर हामी परिवर्तन कारी शक्ति हौ परिवर्तन गरि छाड्छौ भन्ने संकल्प ले हामीलाई उर्जा दिन्थ्यो ।त्यही उर्जा र तमाम युवा को त्याग ले तपाईं लाई पार्टी को नेतृत्व मा पुर्याएको इतिहास साछी छ । त्यतिवेला तपाईं को आन्दोलन को बिरुद्ध उभिएका ब्यक्ति आज तपाईं का बिश्वास पात्र भै तिनै ब्यक्ति द्वारा बिधान मिचि लोक हसाई गरि हिनी रहादा हाम्रो आवाज़ दवाउने जुन प्रयास गरिदै छ यो पार्टी र तपाईं दुबैलाई नोक्सान गर्ने कुरामा २ मत छैन ।

 

धन्यवाद जय नेपाल

 

                                                                                                                                                                     लक्ष्मण खड्का
पुर्व सभापति
नेपाली कांग्रेस
अछाम क्षेत्र नं।१
हाल संयुक्त राज्य अमेरिका

याे पनि हेर्नुस्
Loading...