Badikedar Khabar

कैलालीको गोदावरीमा उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम सञ्चालन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुको पोषण सुधारकालागि उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बुधबार नगरपालिकाको वडा नम्बर ५ गेटा स्वास्थ्यचौकीबाट उक्त कार्यक्रमको शुरुवात गरिएको छ । सुत्केरी महिलाहरुमा पोषणको उपलब्धता तथा मातृशिशु मृत्युदर कम गर्नुका साथै सुरक्षित मातृत्वका लागि पोषण र सरसफाई सचेतना अभिबृदिका लागी नगरपालीकाले महिला लक्षित कार्यक्रम अन्तर्गत उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कार्यक्रमको पहिलो दिन उपमेय रत्ना कडायतले सुत्केरी भएका महिलाहरुलाई अण्डा, घिउ लगायतका पोषणयुक्त खानेकुरा करिब ६० जना महिलाहरुलाई बितरण गरेकी छन् । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चानल गरिएको उपप्रमुख कडायतले बताईन् । उनले गोदावरी नगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य क्लीनिक अन्तर्गत बर्थिङ्ग सेन्टरबाट सुत्केरी गराएका महिलाहरुलाई उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम अन्तर्गत पोषणयुक्त खानेकुरा सहयोग गरिरहेको बताईन् ।

महिलाहरुको सुत्केरीको समयमा स्वास्थ्य कमजोर हुने भएकाले अलिकती भएपनि आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सुरधारयुक्त पौष्टीक खानेकुराले स्वास्थ्यमा सुधार आउने र केही सहज हुने उनले बताईन् ।

गोदावरी स्वास्थ्य शाखाकी कर्मचारी उषा भट्टका अनुसार उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम अन्तर्गत एक हातमा बच्चा एक हातमा कोसेली गरी स्वास्थ्यसंस्थामा बच्चा पाएका महिलाहरुलाई पौष्टीक आहार अन्तर्गत अण्डा, घिउ लगायतका पोषणयुक्त खानेकुरा दिईने छ । उनले गोदावरी नगरपालीकामा चार ओटा स्वास्थ्यसंस्था मालाखेती, गोदावरी, बडेहा र गेटा स्वास्थ्यचौकीमा सुत्केरी हुने महिलाहरुलाई पोषणयुक्त खानेकुरा दिईने बताईन् ।

उनका अनुसार यो कार्यक्रम आर्थिक बर्ष २०७८/०७९ अनुसार साउन देखी शुरु हुनुपर्ने तर कोरोनाका कारण सञ्चालन नगरिएको र बुधबार देखी आगामी अषाढ मसान्त सम्म सञ्चालन हुने जानकारी दिईन् ।

उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम ल्याएकोमा उपमेयरलाई धन्यवाद दिदै यस कार्यक्रमले हामी आमा र शिशुको स्वास्थ्य सुधारमा सघाउ पुर्याउनेमा बिस्वस्थ रहेको महिलाहरुले बताईन् ।

स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ३२ जना महिलाहरुले सेवा लिए
त्यस्तै सोही दिन महिला तथा पुरुषका लागी बन्ध्याकरण घुम्ती शिवर पनि सञ्चालन गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा नेपाल परिवार नियोजनको सहकार्य संगै गोदावरी नगरपालिकाको सहयोगमा उक्त शिविर सञ्चालन गरेको हो ।

याे पनि हेर्नुस्
Loading...