Badikedar Khabar

कांग्रेस महाधिवेशन : ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा

 नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा तीन कम्युनिस्ट पार्टीका शीर्ष नेता एउटै मञ्चमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएको हो ।

नेकपा भङ्ग भएपछि एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गरी तीन दल बनेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनमा आबद्ध छन् । एमाले प्रमुख प्रतिपक्ष दलको भूमिकामा छ ।

jnhit

ओली–प्रचण्डबीच भेट नभएको झन्डै एक वर्ष भयो । उहाँहरूबीच अघिल्लो वर्ष पुसमा भेटवार्ता भएको थियो । त्यस्तै ओली–नेपालबीच पनि पाँच महिनापछि भेट भएकाे हाे । ओली–नेपालबीच असार २३ गते भेट भएको थियो ।

कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनमा भएको एमालेको दशौँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल सहभागी हुनुभएको थिएन ।

कांग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनमा शुभकामना व्यक्त गर्न एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, मालेका महासचिव सिपी मैनालीलगायत पुग्नुभएको छ । साथै कांग्रेसले निमन्त्रणा गरेका विदेशी पाहुना पनि सहभागी छन् ।

sugag
याे पनि हेर्नुस्
Loading...