नेपाली कांग्रेसको जारी महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ । दोस्रो चरणको निर्वाचनका लागि शेरबहादुर देउवा र डा. शेखर कोइराला भिड्दैछन् ।
दोस्रो चरणको मतदान हुने भएपछि देउवानिकट नेता एंव गृहमन्त्री बालकृष्ण खाँण आज बिहान नेता प्रकाशमान सिंहलाई भेट्न उहाँको निवास चाक्सीबारीमा पुग्नु भएको छ । भेटमा खाँण ले सिंहसँग दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्न प्रस्ताव राख्नु भएको छ ।
सिंहले आफ्नो समूहमा छलफल गरेरमात्रै कसलाई सघाउने भन्ने निर्णय गर्ने जवाफ दिनु भएको सिंहको समूहका एक नेताले जानकारी दिनु भयो ।