प्रकाश थापा, डोटी मंसिर २८
डोटी को बडीकेदार गाउँपालिका वाडानम्बर ५ भवरा मा रहेको केदारेश्वर आधारभूत विधालय डोटीको आयोजनमा शिक्षिक तथा विध्यालय ब्यबस्थापन समितिका अध्यक्ष लाई सम्मान तथा विदाई समाहरो एक कार्यक्रमका विच सम्पन्न भएको छ ।
सो समाहरोमा २०५६ सालदेखि निरन्तर २० वर्षसम्म विधालयमा अध्यापन गर्दै प्रधानध्यापक समेतरहीई हाल सरुवा केदारेश्वर मावि वडी केदार ५ रन्तोला डोटीमा सूवा भएका शिक्षिक चक्र बहादुर चन्दलाई सम्मानपत्र सहित दोसल्ला का साथ कामको प्रसंशा सहित विदाई गरेको छ । साथै विधालयको स्थापनाकाल २०५२ सालदेखि निरन्तर विव्यस अध्यक्ष भएर विधालयलाई योगदान गरे वापतबिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष देब बहादुर घर्तिमगरलाई पनि सम्मानपत्र सहित दोसल्ला का साथ सम्मान गरीएको छ ।
साथै करार शिक्षिकमा नियुक्ती भइ हाजिरी भएका शिक्षिका उमा कुमारी ओझालाई फूलमाला सहित स्वागत तथा सम्मान गरेका गरीएको छ ।
। सो कार्यक्रमको अध्यक्षता विव्यस अध्यक्ष देब बहादुर घर्तिमगरले गरेका थिए भने प्रमुख अतिथि निवर्तमान प्रधानध्यपक चक्र बहादुर चन्द रहनुभएको थियो । साथै कार्यक्रमा अन्य अतिथि मेलघडी आधारभूत विधालय वडी केदार ५ डोटीका शिक्षिका डम्मरी थापा ,विव्यस सदस्य प्रकाश बहादुर थापा, अमर बहादुर पुनमगर लगायतरहनु भएको थियो ।
साथै सो सम्मान तथा बिदाई कार्यक्रममा ,अभिभावक ,शिक्षिक र विधार्थीहरुको उपस्थिती रहेकोथियो भने कार्यक्रमको संचालन प्रधानध्यापक नरेन्द्र बहादुर बोहराले गरेका थिए उतm कायृक्रमा स्वागत मन्तव्य शिक्षिक कृष्ण बहादुर चन्दले गरेका थिए ।