Badikedar Khabar

डोटेली भाषाको चलचित्र ‘नन्दी’को दोस्रो गित सार्वजनिक

डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत बस बस आउ ‘रानी’ बजारमा सार्वजनिक भएको छ। सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ भने पुष्कर सुनुवारकाले एरेन्ज गरेका छन् ।

गितमा चर्चित गायिका एन्जिला रेग्मी र हिमाल सागरको सुमधुर स्वर रहेको छ । गीतको निर्देशन राज पाठक र छायाकँन साहिल चौधरीले गरेका हुन्। नन्दी चलचित्रका निर्माता तथा सुदूर पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चन्द मुख्य भूमिकामा छन् ।

नायक बोग्टानी किङ्ग डोटेली भाषाका चलचित्र र गीतमा अभियन गर्दै आएका छन् । हाल सम्म उनले दर्जनौ गीतमा अभियन पनि गरिसकेका छन् । थुप्रै थारु तथा डेउडा र आधुनिक गीतमा अभिनय गरिसकेका बोगटानी किङ्ग पछिल्लो समयमा डोटेली भाषका चलचित्र तथा गीतहरुमा सक्रिय भएर आफ्ने छुट्टै पहिचना बनाउन सफल नायक हुन् । त्यति मात्रै होईन डोटेली भाषाको चलचित्रमा सर्वोत्कृष्ट नायकको अवार्डले सम्मानित समेत भएका थिए।
बोग्टानी किङ्ग नायक,मोडल मात्र नभई गायक तथा सर्जक पनि हुन् । जता जान्छ यो बोगटानी उतै रमझम भन्ने गितमा स्व्रम बोग्टानी किङ्गले स्वर दिएका थिए भने गित आफैले अभिनय पनि गरेका थिए । म्युजिक भिडियोलाई सि.एस फिल्म युट्युबबाट बजारमा सार्वजनिक भएको छ ।
डोटेली भाषामा बनेको चलचित्र नन्दी अब चाडै रिलिज हुने भएको छ । फिल्मको धनगढी, दिपायल र डोटी लगायत सुदूरपश्चिमका विभिन्न धार्मिक तथा एतिहासिक, पुरातात्विक पर्यटकीय स्थलमा छायाङ्कन गरिएको फिल्मका निर्माता बिनोद बोहोरा(बोग्टानी किङ्ग)ले बताए ।

विश्वमा फैलिएको कोरोना महामारीका कारण फिल्म समयमा रिलिज हुन नसकेको र अब अगामी माघ वा फाल्गुनमा रिलिज गर्ने तयारीमा रहेको निर्माता बोग्टानी किङ्गले बताएका छ .

अनलाइनपाना

याे पनि हेर्नुस्
Loading...