Badikedar Khabar

शेखरलाई एक्लै पारेर देउवातिर लागे प्रकाशमान, विमलेन्द्र र कल्याण

धनगढी, २८ मंसिर

। नेपाली कांग्रेसमा सभापतिका लागि सबैभन्दा धेरै भोट ल्याएका शेरबहादुर देउवालाई तेस्रो, चौथो र पाँचौं स्थानमा भोट ल्याउनेले समर्थन जनाएका छन्।

यससँगै सभापतिमा देउवालाई टक्कर दिएका डा. शेखर कोइराला दोस्रो चरणको निर्वाचनमा एक्लै पर्ने भएका छन्।

jnhit

२२५८ मत ल्याएका देउवालाई ३७१ मत ल्याएका प्रकाशमान सिंह, २४९ मत ल्याएका विमलेन्द्र निधि र केबल २० मत ल्याएका कल्याण गुरुङले दोस्रो चरणको निर्वाचनमा साथ दिने घोषणा गरेका हुन्।

यससँगै दोस्रो चरणको निर्वाचनमा देउवा हावी हुने पक्का भएको छ। अब देउवाको पक्षमा २८ सयभन्दा धेरै भोट भएको छ।

यसअघि देउवासँगै विद्रोह गरेका विमलेन्द्र अन्तिमा उनैसँग मिलेका छन्। उता संस्थापन इतरसँग विद्रोह गरेका प्रकाशमान पनि देउवासँगै पुगेका छन्।

यी तीनको निर्णयले १७२९ मत ल्याएका शेखर दोस्रो चरणको निर्वाचनमा एक्लै पर्ने पक्का भएको छ। तीन नेताले देउवालाई साथ दिएपछि दोस्रो चरणको चुनाव लड्ने नलड्ने विषयमा शेखर र उनीनिकट नेताहरुको बैठक बसिरहेको छ।

सुरुमा चाक्सीबारी पुगेर देउवाले प्रकाशमानको समर्थन लिएका थिए। देउवाले प्रकाशमानलाई मन्त्री बनाउने आश्वासन दिएका छन्।

sugag
याे पनि हेर्नुस्
Loading...