Badikedar Khabar

माधव नेपाल र बाबुराम भट्टराईद्वारा कांग्रेस सभापति देउवालाई बधाई

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । नेपाल र भट्टराईले बिहान ट्विटमार्फत शुभकामना दिँदै बधाई र शुभकामना दिनुभएको हो ।

दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

— Madhav Kumar Nepal (@ncp_madhavnepal) December 15, 2021

अध्यक्ष नेपालले ट्विट गर्दै लेख्नुभएको छ, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टी सभापतिमा पुन: निर्वाचित हुनुभएकोमा प्रम @SherBDeubaलाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना! वहाॅको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्; प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्;अग्रगमनकारी शक्तिबीच एकता होस्;थप शुभेच्छा!

— Baburam Bhattarai (@brb1954) December 15, 2021

याे पनि हेर्नुस्
Loading...