पर्वत
नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मालाई चयन गरिएको छ ।
विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरिएको हो । त्यसैगरी सदस्यहरुमा सन्देश लामिछाने, प्रताप आचार्य, सुमित विक, एलके पौडेल, सदीक्षा शर्मा पोखरेल, अमृत लम्साल, महेश भुसाल, अस्मिता परियार, सुरेश परियार, मीनु सापकोटा, जीवन परियार, सन्तोष पौडेल र युवराज पौडेल रहेका छन् ।
शाखा गठनका लागि आयोजित भेलामा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेल, प्रेस सङ्गठन नेपाल गण्डकी प्रदेश कमिटीका संयोजक गणेश पौडेललगायतको उपस्थिति थियो ।