Badikedar Khabar

गाउँ देखि बजारसम्म सुन्तलाको व्यापार

     बडीकेदार डोटीमंसिर २९

डोटीका  विभिन्न गाउँ देखि सहर बजारमा अहिले स्थानीय सुन्तलाको बजार ह्वात्तै बढेको छ । जिल्लामा सुन्तलाको लागि पकेट क्षेत्र मानिएका बडीकेदार गाउँपालिका को बडानम्बर १ मुडा रजेडा गाउँ र छेडा गाउँ सगै बोगटान गाउँपालिका लगायत डोटीका बिभिन्न ठाउँहरुमा सुन्तलाको धमाधाम बिक्रि भईरहेको छ । कतै किसानले आफ्नै बगैंचाको बोटबाट सुन्तला टिपेर बिक्रि गरिरहेका छन् भने कतै किसान कै बारीमा व्यापारी गएर सुन्तला खरिद गर्ने चटारो चलेको छ ।

पछिल्लो क्रममा सुन्तलाले बजार पाउन थालेपछि जिल्लाको बडीकेदार गाउँपालीका वरपरका कृषकहरु सुन्तला तिर आकर्षित भएका हुन् । यद्यपि सुन्तलामा पछिल्लो क्रममा रोग किराको संक्रमण बढ्दै गएकाले उत्पादन खासै राम्रो हुन नसकेको प्रति किसानको दुखेसो रहेको छ । सुन्तला मौसममा ठुलो परिणाममा उत्पादन हुने गरे पनि उपयुक्त चिस्यान केन्द्रको व्यवस्था नभएकाले सुन्तला सिजनमा खेर गईरहेको बडीकेदार गाउँपालिका २ छेडाका सुन्तला किसन तारा मटेलिले गुनासो गरे । साथै उनले भने उपयुक्त चिस्यान केन्द्रको व्यवस्था नभए पनी आफुले बार्षिक ५ देखि ७ लाख सम्मको सुनतला बिक्रीगरीरहेको बताए , साथै उनले भने सुन्तलन ब्यबसायमा पछिल्लो समयमा धेरै किसानहरु आक्रर्षण भई ब्यबसायिक मा लगीपरेको बताए ।

याे पनि हेर्नुस्
Loading...