Badikedar Khabar

विश्वप्रकाशको नेतृत्वमा कांग्रेस महाधिवेशन स्थल सरसफाइ

  काठमाडौं  

  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाइएको छ।

बुधबार १४ औं महाधिवेशन स्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्री केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाउनुका साथै प्रदर्शनी मार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले बताए।

jnhit

उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानर लगायतका सामग्रीको सरसफाइ थालिएको बताए।

 

पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचार सामग्री हस्तान्तरण गरेर सरसफाइ गरिएको हो।

नेता शर्माले भने, ‘प्रचारप्रसार सामग्री जति हामीले टाँसेका थियौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा प्रचारप्रसार भयो। केन्द्रीय प्रचारप्रसार समितिले उपत्यकाव्यापी जुन एक हप्ते प्रचार अभियान गरेको थियो। त्यसक्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्री केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत सबै साथी मिलेर हामी सरसफाइ गर्ने क्रममा लागेका छौं। प्रदर्शनी मार्गमा हामीले सबै सामग्री सफाइ गरेका छौं।’

मंसिर २४ गतेदेखि सुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २९ गते बुधबारदेखि सकिएको छ।

अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतगणना भने बाँकी छ। १४ औं पार्टी केन्द्रीय महाधिवेशनबाट प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा विजयी बनेका छन्।

पहिलो चरणमा नेपाली कांग्रेसको विधानअनुसार सभापतिका ५ उम्मेदवार कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणको मतदान भएको थियो।

sugag
याे पनि हेर्नुस्
Loading...