Badikedar Khabar

१२ वर्षीय बालक आफ्नै घरमा मृत फेला

बझाङमा एक १२ वर्षीय बालक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको सुर्मा गाउँपालिका दौलिचौर घर भई हाल जिल्ला सदरमुकाम चैनपुरमा बस्दै आएका सहदेव सुर्मेली मृत भेटिएका हुन्।

jnhit

बुधबार दिउँसो १ बजेको समयमा उनी चैनपुरको आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा लगिएको बझाङका डिएसपी ज्ञानबहादुर बिष्टले बताए। उनले घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको बताए ।

sugag
याे पनि हेर्नुस्
Loading...