Badikedar Khabar

हेलिकप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका भारतीय क्याप्टेनको निधन

काठमाडौं, २९ मंसिर

गत बुधबार तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका भारतीय वायु सेनाका ग्रुप क्याप्टेनको निधन भएको छ। हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको बुधबार निधन भएको भारतीय वायु सेनाले जनाएको हो। दुर्घटनामा जलेर गम्भीर घाइते भएका सिंहलाई जीवितै उद्दार गरिएको थियो। तर उपचारका क्रममा उनको निधन भएको हो।

डिसेम्बर ८ गते तमिलनाडुको कुनूर नजिकै भारतीय वायु सेनाको एमआई९१७भी५ हेलिकप्टर दुर्घटना हुँदा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। गत बुधबार तमिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङ्टन जाने क्रममा रावतसहित १४ जना सवार हेलिकप्टर बाक्लो कुहिरोका कारण दुर्घटना भएको थियो। रावत वेलिङ्टनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अफिसरलाई सम्बोधन गर्न जाने क्रममा दुर्घटना भएको र दुर्घटनामा परी रावतकी श्रीमति मधुलिकाको समेत मृत्यु भएको थियो।

याे पनि हेर्नुस्
Loading...